६ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । पीएम कपमै पहिलोपटक सहभागिता जनाएको आर्मीले प्रतियोगितामा शानदार सुरूवात गरेको हो । आइतबार भएको समूह बी को दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई १० विकेटले हराएको हो ।
मधेशले दिएको २६ रनको लक्ष्य आर्मीले २.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर सम्झना खड्का २२ र अन्जली विश्वकर्मा ४ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १५.२ ओभरमा अलआउट हुँदै २५ रन मात्र जोडेको थियो । भुमी सिंहले सर्वाधिक १० रन बनाइन् । मधेशका ७ ब्याटरले खाता नै खोल्न सकेनन् ।
आर्मीका लागि आश्मा पुलामी मगरले १.२ ओभरमा ४ रन दिएर ३ विकेट लिइन् । मनिषा चौधरी र लक्ष्मी साउदले २-२ विकेट लिँदा इश्वरी विष्ट र सिता शाहीले १-१ विकेट हात पारे ।
प्रतिक्रिया 4