+
+

युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते २०:२९

६ माघ, काठमाडौं। गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन-ग्विरले राजीनामा दिएका छन् ।

उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्।

युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन-ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिंदै आएका थिए।

उनले राजीनमा पेस गर्दै युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिएका छन् । यद्यपि उनले सरकार ढाल्न भूमिका भने नखेल्ने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?