
६ माघ, काठमाडौं । लेखा समिति बैठक आह्वान भएको छ । समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्न समितिको बैठक बोलाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको हो । समितिको यो ३४ औं बैठक हो ।
‘समितिमा प्राप्त उजुरीहरूको छलफलका लागि मंगलबार बिहान ११ बजे बस्नेगरी लेखा समिति बैठक आह्वान भएको छ,’ गिरीले भने ।
बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।
यसअघि गत पुस ८ गते लेखा समितिको बैठक बसेको थियो । उक्त बैठकमा महालेखा परीक्षक कार्यालयले औंल्याएका बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4