६ माघ, काठमाडौं । भारतमा जारी प्रथम खो खो विश्वकपको फाइनलमा पुगेका नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नयाँ दिल्ली पुगेर हौसला प्रदान गरेका छन् ।
नेपालको पुरूष र महिला दुवै टिम फाइनलमा पुगेपछि आइतबार सदस्य सचिव घिसिङ दिल्ली गएका हुन् । उनले खेलाडीहरूलाई बधाई दिँदै फाइनल प्रतिस्पर्धाका लागि जितको शुभकामना दिए ।
आजै साँझ महिला र पुरूष दुवैतर्फ नेपाल र भारतबीच फाइनल खेल हुदै छ । साग खेलकुद तथा एसियन च्याम्पियनसीपहरूमा ममेत नेपाली खो खो टिमले पदक प्राप्त गर्दै आएको छ ।
प्रतिक्रिया 4