+
+

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, घाइतेको ४ घण्टापछि हेलिकोप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १६:३५

६ माघ, हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

चंखेली गाउँपालिका– ३ को लोतीबाट नुन बोकेर बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेर सोही गाउँपालिकाका अन्दाजी ३५ वर्षीया तुल्या बोहेराको मृत्यु भएको हो ।

लु ४ त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चंखेली गाउँपालिका-१ का अन्दाजी ४० का मानबहादुर बोहरा, सोही वडाका ४५ वर्षीय धना बोहरा र १० वर्षीया चरी बोहरा घाइते भएका छन् ।

घाइतेहरूलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्वार गरिएको छ । दुर्घटना भएको ४ घण्टापछि घाइतको उद्धार भएको हो । घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?