+

सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया

२०८१ माघ  ६ गते १७:०६ २०८१ माघ ६ गते १७:०६
सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया

काठमाडौं । नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा. नितेशकुमार कनौडिया नियुक्त भएका छन् ।  सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका डा. कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् ।

नेपाली युवा उद्यमी फोरम नेपालगञ्जका संस्थापक अध्यक्ष समेत रहेका डा. कनौडियाले २०७२ सालको भूकम्पपछिको राहत कार्यक्रममा सक्रियतापूर्वक लागेका थिए । कोभिड महामारीमा ‘फिल द बकेट’ अभियान सञ्चालन गरेर नेपाल-भारत सीमामा स्वास्थ्य सेवा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । उनी देशका विभिन्न दुर्गम पहाडी जिल्लामा स्वास्थ्य शिविर लिएर समेत पुगेका छन् ।

‘मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताल व्यवस्थापन चुनौतीपूर्ण विषय हो,’ डा. कनौडियाले भने, ‘मैले यो जिम्मेवारीलाई मानव सेवाका रुपमा लिएर अघि बढ्नेछु ।’

डा. नितेशकुमार कनौडिया सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय