+
+

‘आईएमई पे’ को ‘उडान मेला’ योजना सार्वजनिक

आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १७:१९

काठमाडौं । ‘आईएमई पे’ ले “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

२ माघदेखि सुरु भएको यस अफर मार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

योजनामा  नियमित ग्राहकले “सेभ१००” प्रोमोकोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलो पटक आईएमई पेबाट टिकट खरिद गर्ने ग्राहकले “फर्स्ट फ्लाइ” प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यास ब्याकको लाभ उठाउन सक्नेछन् ।

हवाई टिकट खरिद गर्ने बेला आईएमई पे एपमा “ह्याभ प्रोमोकोड ?” सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर  क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस योजनाबाट प्रयोगकर्ताले थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?