+
+

समृद्ध सांस्कृतिक सम्पदा संरक्षणमा ‘नगाउँ सम्पदा यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १८:०४

६ माघ, काठमाडौं। संघीय राजधानी काठमाडौंका समृद्ध सांस्कृतिक सम्पदा संरक्षणका लागि सुरु भएको ‘सम्पदा यात्रा’ ले बेग्लै माहोल सिर्जना गर्न थालेको छ ।

यहीबीच कीर्तिपुर स्वयंसेवक समाजले ५ माघमा ‘नगाउँ सम्पदा यात्रा’ सफलतासाथ आयोजना गरेको छ । सम्पदा यात्रामा उत्साही, स्थानीयवासिन्दा र संस्कृतिप्रेमीको ठूलो संख्या सहभागी थियो ।

यो यात्राले सहभागीलाई कीर्तिपुर नगाउँ क्षेत्रको ऐतिहासिक र सांस्कृतिक धरोहर अन्वेषण गर्ने र यसलाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गरेको समाजका अध्यक्ष सुधन सुवेदीले बताए ।

यात्रामा यस क्षेत्रका सम्पदाबारे गहिरो ज्ञान राख्ने कर्ण महर्जन र विनय महर्जन स्रोत व्यक्तिका रूपमा सहभागी थिए । उनीहरूको ज्ञानले पदयात्रालाई थप अविष्मरणीय अनुभवमा परिणत गरेको र सहभागीलाई ऐतिहासिक र सांस्कृतिक पक्षसँग जोड्न मद्दत गरेको सुवेदीको भनाइ छ ।

उक्त अवसरमा पुराना सम्पदा स्थलको फोटो प्रदर्शनी आयोजना गरिएको थियो, जसले ऐतिहासिक स्थल संरक्षणको महत्त्व थप स्पष्ट पारेको थियो । सम्पदा यात्रा समन्वय डा. श्रीकुमार महर्जनले गरेका थिए ।

समाज अध्यक्ष सुवेदीले सम्पदा यात्राले काठमाडौं उपत्यकाको सांस्कृतिक र ऐतिहासिक महत्त्वको नयाँ परिप्रेक्ष्य दिने बताए । समाज स्थापनादेखि नै यसले युवा नेतृत्वमा सांस्कृतिक संरक्षण र ऐतिहासिक बुझाइ प्रवद्र्धनमा सक्रिय भूमिका खेलेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?