
जीवन प्रिय छ
म छु
मेरो जीवन छ
मलाई मृत्यु मन पर्दैन
म मृत्यु संग जिस्कि दिन्छु
मृत्यु प्रतिशोध बोकेर जान्छ
म मज्जाले हाँसि दिन्छु ।
म जीवनलाई सुम्सुम्याइ बस्छु
जीवनले मलाई चुम्बन गर्छ
मृत्यु नजिकै छ भन्दा भन्दै पनि
म अदम्य साहसका साथ
मृत्यु संग लाप्पा खेल्ने तयारीमा बस्छु
मैले हाँस्नै पर्छ
०००
फूलहरु हाँसिरहेको बेला
टपक्क नचुड्नु फूलहरुलाई
पmूलहरुको पनि आफ्नै जिजीविषा हुन्छ
बडो यत्नका साथ
मायाले सुम्सुम्याँएँ फूलहरुलाई
पmूलहरुले मलाई चुमेर गए
जीवन फूल हो
फूल काँडा विचमा पनि फूलि दिन्छ
म रोएर हाँस्छु
फूल हाँसेर रुन्छ
रुनु हाँस्नु जीवनको नियमितता नै हो ।
मृत्यु अवश्यम्भावी छ
आउ, सुख दुःख साटी बसौ
म जीवनको बाँसुरी फुक्छु,
तिमी जीवनको मिठो गीत गाउ ।
०००
म छु
मेरो संसार छ
वा आमा हुनुहुन्छ
जहान छोराछोरी छन
नरनाता आफ्न्त पनि छन
मायाको जालो रहेछ घरपरिवार
मायैले त संसार अडेको छ भन्छन
तिमी हारें भन्छौ
म जितें भन्छु
हार जित मिलाएर त एउटा सिङ्गो जीवन बन्छ ।
०००
मैले हार्नु हुँदैन
म जीवनको मोर्चाबन्दीमा छु
मैले रत्ति भर पनि थाक्न हुदैन
म पानीमरुवा हैन
मेरो यात्रा अवरुद्ध नगर
मैले यात्रा रोक्न मिल्दैन
मैले खन्ने मूलबाटो
मैले तर्ने जङ्घार
मैले उक्लने पहाड
सहज यात्रा कहाँ छ र ?
सङ्गिनका टुप्पाहरु पन्छाएर
सिपाहीका आँखा छल्दै
मैले गन्तव्यमा पुग्नु छ
जब पुगिन्छ गन्तव्य
तब जीवन खुशीले उफ्रने छ
खुशी क कस्लाई बाडुँ ?
खुशी थाप्न आउ
ए, दुःखित मनहरु !
म प्रफुल्लित छु
म संग संगै बाँच्ने
मेरो प्रिय जिन्दगी छ ।
प्रतिक्रिया 4