+
+

सभापति कप फुटबल बिहीबारदेखि, विजेतालाई २६ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १९:५१

६ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सभापति कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा आठ टोलीको सहभागीता रहनेछ ।

प्रतियोगितामा आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र सङ्कटा क्लबले सहभागिता जनाउनेछन् ।

उद्घाटन खेल ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच हुने हुनेछ ।

प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक एवं सांसद मोहनबहादुर बस्नेतले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

फाइनल बाहेक सबै खेल दिउँसो ३ बजेदेखि सुरू हुने उनले जानकारी दिए ।

यही माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, माघ १२ गते नेपाल पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशबीच तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ ।

यसैगरी माघ १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् भने माघ १७ गते फाइनल खेल हुने छ ।

फाइनल खेलअघि माघ १६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने नेता बस्नेतले जानकारी दिए । आयोजक संस्थाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड ४० लाख खर्च हुने छ । प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउनेछ ।

यस्तै हरेक टोलीलाई प्रत्येक खेल बराबर ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोल किपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार तथा प्लेयर अफ दी म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलन सांसद बस्नेतले नेपालमा खेलकुद क्षेत्रले सरकारबाट पर्याप्त बजेट पाउन नसकेको बताए । जुनकुनै सरकार आउँदा पनि खेलकुद क्षेत्रमा बजेट वृद्धि हुन नसकेकामा उनले गुनासो गरे ।

खेलाडी पलायनप्रति पनि सांसद बस्नेतले चिन्ता व्यक्त गर्नुभयो । सभापति कप हरेक दुई दुई वर्षमा आयोजना हुने र कांग्रेसका दिवंगत नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?