+

एनकेएलमा विराटनगरको लगातार दोस्रो जित

२०८१ माघ  ६ गते २०:५९ २०८१ माघ ६ गते २०:५९
एनकेएलमा विराटनगरको लगातार दोस्रो जित

६ माघ, काठमाडौं । विराटनगर ब्यान्डिट्सले आइतबार काठमान्डु माभरिक्सलाई रोमान्चक खेलमा ४४–४३ ले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरविस्थत कभर्ड हलमा भएको खेलको पहिलो हाफमा काठमाडौंको प्रदर्शन गतिलो भएन । उसलाई दुईपल्ट अलआउट गर्दै विराटनगर २२–४ ले अगाडि बढेको थियो । त्यसपछि कप्तान घनश्याम रोका मगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई लगातार अंक दिलाए र खेल १४–२२ को स्थितिमा पुर्‍याए । उनकै प्रदर्शनमा विराटनगरलाई अलआउट गर्दै काठमाडौंले दूरी छोट्याएको थियो ।

दोस्रो हाफमा काठमान्डुले उत्कृष्ट प्रदर्शन गर्‍यो । अन्त्यतिर घनश्यामले दुई खेलाडीलाई आउट गर्दै स्कोर ४१–४१ बनाए । तर, अन्तिम क्षणमा विराटनगरले निर्णायक अग्रता लियो र लगातार दोस्रो जित हासिल गर्‍यो ।

विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सलाई पराजित गरेको थियो । सुरूवाती खेलमा काठमान्डुले पोखरा लेकर्सलाई हराएको थियो ।

दिनको दोस्रो खेलमा हिमालयन रेइडर्सले पोखरा लेकर्सलाई ३४–३० ले हराएर एनकेएलमा पहिलो जित हासिल गर्‍यो । बुटवलको हिमालयनले पहिलो खेलमा विराटनगरविरुद्ध हार व्यहोरेको थियो भने पोखराले लगातार दोस्रो हार व्यहोरेको हो ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय