+
+

दोहा र दुबईमा गुञ्जियो कन्दरा, ‘विदेशिनु लेखियो कर्मैमा’ सुन्दा भक्कानिए दर्शक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते २१:२६

काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ मध्यपूर्वका दुई सहरमा गुञ्जिएको छ । कतारको दोहामा शुक्रबार र युएईको दुबईमा शनिबार ब्याण्डले भव्य प्रस्तुति दियो ।

‘पहिले घरदेश अनि परदेश’ नारासहित विश्व टूरमा निस्किएको लोकप्रिय ब्याण्डले एकदिनको फरकमा यी दुई अरब मुलुकमा प्रस्तुति दिएको हो । नेपाली श्रमिकको बाक्लो बसोबास रहेको यी दुई सहरमा ब्याण्डको क्रेज उस्तै छ ।

दोहास्थित भीआइपी होटलको प्लानेट लाउञ्ज एण्ड क्लबमा सांगीतिक प्रस्तुति दिएको कन्दराले शनिबार युएइको बर दुबइस्थित क्लब एसके सेभेनमा प्रस्तुती दिएको छ ।

दोहाको कार्यक्रम ‘भीआइपी होटलको प्लानेट लाउञ्ज एण्ड क्लब’ले आयोजन गरेको थियो भने युएइको बर दुबईमा सम्पन्न कार्यक्रम भने ‘युबिओसी हस्पिटालिटी’ले आयोजन गरेको थियो ।

९० को दशकमा स्थापित ब्याण्डले स्थापनाको ३२ वर्षको सांगीतिक उत्सव अन्तर्गत यतिबेला विश्व टूर गरिरहेको छ । जनवरी ३० मा हङकङमा गुञ्जिने तय छ । फेब्रुअरी २८ मा इलामको करफोकमा प्रस्तुती दिने तय छ ।

दुबै अरब मुलुकमा आफूले प्रस्तुति दिँदा दर्शकको आँखामा छचल्किएको आँसुले आफूलाई भावुक बनाएको ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठले बताए ।

‘अरबका यी दुबै मुलुकमा उपस्थित दर्शकले देखाउनुभएको जोश, ऊर्जा र साथबाहेक अर्को एउटा कुरा म बिर्सिन सक्दिन, त्यो हो उहाँहरुको आँखामा छचल्किएको आँशु’ श्रेष्ठले भने, ‘जब ‘विदेशिनु लेखियो कर्मैमा” गाउन थालेँ, स्टेजबाटै उहाँहरुको अनुहारमा मुलुक छाड्नु र पराई भूमिमा पसिना बगाउनुको पीडा स्पष्ट देख्न सक्थें । लाग्थ्यो गर्लम्म अँगालो हालेरै सबैलाई देश मैं फर्काईदिऊँ । बालुवाको देशलाई सुन्दर बनाउन सक्ने हाम्रा नेपाली दाजूभाई, दिदीबहिनीहरुलाई केही क्षण खुशी दिन सकेजस्तो अनुभूतीले भने आफैलाई कम्ता गाह्रो बनाइरहेको थिएन ।’

मध्यपूर्वअघि ब्याण्डले बेलायतमा प्रस्तुति दिँदै विश्व टूर सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?