+
+

कोशीको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ७:२१

७ माघ,विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको सरकारले बताएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् ।

त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।

अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?