
७ माघ,काठमाडौं । आज कर्णाली प्रदेशका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।
साथै, आज बिहान तराईका धेरै जिल्लाका साथै उपत्यकाहरुमा हुस्सु र कुहिरो लागेको छ। यसले जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4