+
+

नबिलले कमायो सवा ३ अर्ब नाफा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:१८

७ माघ, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा भने ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको नबिलले यो वर्ष त्यसमा सिमान्त वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो ।

गत आव पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाखमा अडेको छ ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी गत वर्ष १ अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। बैंकको ईपीएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?