
७ माघ, काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ५० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी घट्दा पनि नाफामा वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ५ अर्ब ८२ करोड रहेकोमा अहिले ५ अर्ब २३ करोड छ । त्यस्तै कम्पनीको लोनलस प्रोभिजन भारी मात्रामा घटेको छ ।
यस्तो रकम पहिले १ अर्ब ९४ करोड रहेकोमा अहिले १८ करोड छ । जसले गर्दा आम्दानी खुम्चिँदा पनि नाफामा टेवा पुगेको देखिन्छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ रहेको छ । निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा यस्तो कर्जा पुस मसान्तसम्म ४.९८ प्रतिशत छ ।
प्रतिक्रिया 4