+

योनी सफा र स्वस्थ राख्ने १० प्राकृतिक तरिका

२०८१ माघ  ७ गते १२:३३ २०८१ माघ ७ गते १२:३३
योनी सफा र स्वस्थ राख्ने १० प्राकृतिक तरिका

यौनाङ्ग एक संवेदनशील भाग हो, जसको सरसफाइमा एकदमै ध्यान दिन जरुरी हुन्छ । यौनाङ्गलाई राम्ररी सफा गरिएन भने संक्रमण हुनसक्छ । तर महिलाहरूले प्रायः योनी सफा गर्दा धेरै गल्ती गर्छन्, जसले विभिन्न संक्रमणको जोखिम हुन्छ ।

त्यसैले यौनाङ्ग सफा गर्ने सही तरिका अपनाउनुपर्छ ।

मनतातो पानीले सफा गर्ने

योनीलाई दिनहुँ मनतातो पानीले धुनुपर्छ । यसलाई भित्रबाट सफा गर्नु हुँदैन किनभने यसले पीएच ब्यालेन्स बिगार्न सक्छ । धोएपछि राम्ररी सुकाउनुपर्छ । योनी सफा गर्न बजारमा पाइने कुनै पनि रासायनिक पदार्थ प्रयोग गर्नुहुँदैन । यसलाई सफा गर्न मनतातो पानी मात्र पर्याप्त छ । कहिलेकाहीं योनीको बाहिरी भागमा मात्र साबुन प्रयोग गरेर सफा पनि गर्न सकिन्छ ।

सुतीको अन्डरवेयर लगाउने

योनीलाई चिसोबाट जोगाउन र यसमा हावा पास हुन दिन सुतीको अन्डरवेयर लगाउनुपर्छ । टाइट फिटिङ कपडा र सिन्थेटिक कपडा लामो समयसम्म लगाउनु हुँदैन । दैनिक अन्डरवेयर परिवर्तन गर्नुपर्छ । अन्डरवेयरलाई तातो पानी र हल्का डिटर्जेन्टले धोएर राम्ररी घाममा सुकाउनुपर्छ ।

प्रशस्त पानी पिउने

योनीलाई संक्रमणबाट जोगाउन दिनमा १०-१२ गिलास पानी पिउनुपर्छ । योनी आफैं पनि सफा हुन्छ तर यसका लागि पर्याप्त पानी पिउनु धेरै महत्त्वपूर्ण हुन्छ ।

प्रोबायोटिकयुक्त खानेकुरा खाने

आफ्नो आहारमा दही, चीज जस्ता धेरै प्रोबायोटिक्स समावेश गर्नुपर्छ । यस्ता खानेकुराको सेवनले योनीलाई दुर्गन्धबाट बचाउनुका साथै ब्याक्टेरियालाई बढ्नबाट पनि रोक्छ ।

महिनावारीको समयमा बढी हेरचाह गर्ने

महिनावारी हुँदा योनीको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सेनेटरी प्याड वा ट्याम्पोन प्रयोग गर्दा प्रत्येक तीनदेखि चार घण्टामा प्याड परिवर्तन गर्नुपर्छ ।  साथै योनीलाई हरेक पटक पानीले सफा गर्नुपर्छ । प्युबिक हेयर पनि ट्रिम गर्नुपर्छ ।

सुरक्षित यौन सम्पर्क

सुरक्षित सेक्स विकल्प अपनाउनुका साथै नियमित रूपमा यौन सञ्चारित सङ्क्रमणहरूको परीक्षण गर्नुपर्छ । साथै यौन सम्पर्कपछि सधैं पिसाब गर्ने र योनीलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यदि सेक्स टोइजको  प्रयोग गरेको छ भने प्रत्येक प्रयोगपछि त्यसलाई सफा र सेनिटाइज गर्नुपर्छ ।

सन्तुलित आहार

आहारमा फलफूल, तरकारी, सम्पूर्ण अन्न समावेश गर्नुपर्छ । जति कम प्रशोधित खाना खाइन्छ त्यति राम्रो हुन्छ । यदि योनीमा जलन महसुस हुन्छ वा पिसाब गर्दा जलन महसुस हुन्छ भने आहारमा फलफूलको मात्रा बढाउनुपर्छ । तेल र मसालेदार खानाको मात्रा कम गर्नुपर्छ ।

नुहाउने पानीमा बेकिङ सोडा

प्राकृतिक रूपमा योनी सफा गर्ने अर्को तरिका नुहाउने पानीमा एक चम्चा बेकिङ सोडा मिसाउनु हो ।  यसले पीएच सन्तुलनमा मद्दत गर्छ । तर यसो गरेपछि सफा पानीले नुहाउन बिर्सनु हुँदैन ।

नुहाउने पानीमा एप्पल साइडर भेनेगर

योनी सफा गर्ने अर्को उपाय नुहाउने मनतातो पानीमा एक कप एप्पल साइडर भिनेगर मिसाउन सकिन्छ । योनीलाई स्वस्थ राख्न पनि यो उपयोगी हुन्छ । तर यसलाई सिधै प्रयोग गर्नु हुँदैन, नुहाउने पानीमा मिसाएर मात्र प्रयोग गर्नुपर्छ । एक बाल्टिन पानीमा एकदेखि दुई चम्चा भिनेगर पर्याप्त हुन्छ । यसपछि सामान्य पानीले पनि शरीर सफा गर्नुपर्छ ।

वर्षमा एकपटक पाठेघरको जाँच गर्ने

बाहिर मात्रै सफा गर्दा भजाइना र पाठेघर सफा हुँदैन । योनी मार्गको संक्रमण हुँदा सेतो दुर्गन्धित पानी बग्ने र चिलाउने हुन्छ । साथै पाठेघरको मुखमा घाउ हुँदा तल्लो पेट दुख्ने,  ढाड दुख्ने, यौन सम्पर्क गर्दा  पीडा हुन्छ । त्यसैले योनीको बाहिरी भाग मात्रै नियमित सफा गरेर हुँदैन । वर्षमा एकपटक पाठेघर जँचाउनु महत्त्वपूर्ण हुन्छ ।

डा. मीना प्रधान महिला स्वास्थ्य यौनाङ्ग

धेरै कमेन्ट गरिएका

डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय