+
+

लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १३:१२

७ माघ, काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो ।

बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो ।

त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड भएको छ ।

बैंकको नाफा बढ्दा ईपीएस सिमान्त रूपमा वृद्धि भएर ९.१४ बाट ९.५५ रुपैयाँ पुगेको छ । त्यस्तै पीई रेसियो २२.२२ छ । नेटवर्थ १ सय ७२ रुपैयाँ ५० पैसा पुग्दा खुद निष्क्रिय कर्जा आकार २.११ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?