+

विश्वकप उपविजेता खो खो टिमलाई राखेपको बधाई

२०८१ माघ  ७ गते १३:३१ २०८१ माघ ७ गते १३:३१
विश्वकप उपविजेता खो खो टिमलाई राखेपको बधाई

७ माघ, काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकप ऐतिहासिक रजत पदक जित्न सफल नेपाली पुरुष र महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।

पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा भारतले पुरुष र महिला दुवैमा उपाधि जित्दा नेपाल दुवैमा उपविजेता बनेको थियो ।

राखेपले सोमबार सूचना जारी गर्दै नेपाली टोलीलाई बधाई दिएको हो ।

राखेपले खो खोविश्वकपमा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ प्रति पनि बधाई दिएको छ ।

भारतको नयाँदल्लीमा पुस २९ गते देखि माघ ६ गते सम्म भएको प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष टिमले प्राप्त गरेको सफलता नेपाली खेलकुदका लागि कोशेढुंगा सावित भएको राखेले जनाएको छ ।

नेपाली खो खो टिमले पहिलो पटक भएको विश्वकपमै सफलता प्राप्त गर्दा अहिले यो खेलको चर्चा बढेको छ ।

विगतमा पनि नेपाली खो खो टिमले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरु हासिल गरेको छ ।

१२औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको पुरुष तथा महिला खो खो टिम दोस्रो भएको थियो । यस्तै सन् २०१९ मा काठमाडौंमै भएको १३ औं सागमा भने नेपाली महिला टिमले रजत तथा पुरुष टिमले कांस्य जितेका थिए ।

यसैगरी पहिलो, दोस्रो तथा तेस्रो एशियन खो खो च्याम्पियनशिपमा नेपालको दुवै टिम तेस्रो भएका थिए भने चौथो एशियन खो खो च्यापियनशिपमा नेपालको दुवै खो खो टिम दोस्रो भएका थिए ।

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय