+
+

माछापुच्छ्रेको नाफामा सीमान्त वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १३:३७

७ माघ, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नाफा सिमान्त रूपमा वृद्धि गरेको छ ।

बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ८० करोड ७३ लाख रुपैयाँ बराबर खुद नाफा भएको छ । गत आव सोही अवधिमा ८० करोड ५३ लाख बराबर नाफा भएको थियो ।

गत ६ महिनामा माछापुच्छ्रेको खुद ब्याज आम्दानी केही बढेर २ अर्ब ८२ करोड रुपैयाँ बराबर पुगेको छ । गत आव सोही अवधिमा २ अर्ब ६३ करोड बराबर थियो । त्यस्तै इम्पेयरमेन्ट शुल्क भने घटेर २० करोड ४७ लाखमा सीमित भएको छ । गत वर्ष २३ करोड ८६ लाख पुगेको थियो ।

माछापुच्छ्रेको खराब कर्जा पछिल्लो ६ महिनामा २.६ प्रतिशतबाट ह्वात्तै बढेर ४.५४ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.९७ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानीमा ३ पैसाले मात्र बढोत्तरी भएर १३ रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै नेटवर्थ १ सय ५४ रुपैयाँ २ पैसा र पीई रेसियो १६.२७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?