+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

उद्देश्य पहिलो प्राथमिकतामा राख्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १५:१५

७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।

कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, सामर्थ्य विकास, प्रतिष्ठा र इज्जत पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले बैंक सबल र प्रभावकारी भएमात्र बैंकका कर्मचारीको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने धारणा राखे । बैंक कर्मचारीले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको उनले बताए ।

‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीबीच जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ,’ उनले भने, ‘म बैंकका सबै कर्मचारी साथीहरू, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनुपर्छ ।’

अर्थमन्त्री पौडेलले बैंक सबल र प्रभावकारी भयो भने बैंकको इज्जत माथि उठ्ने र समस्त कर्मचारीको इज्जत माथि उठ्ने बताए ।

‘त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फर्मेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने, ‘पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ती उद्देश्य हासिल गर्ने कुरालाई सर्वाेच्च प्राथमिकता दिनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकहरूको निक्षेप अनुपात चिन्ताको विषय रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?