+
+

शिव परियार र सञ्जीव बराइलीको सहकार्य ‘चुपचाप’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १५:४५

काठमाडौं । संगीतकार तथा गिटारिस्ट सञ्जीव बराइलीले शिव परियारको स्वरमा ‘चुपचाप’ गीत ल्याएका छन् । माया, सहनशीलता र पीडाको भाव प्रस्तुत गर्ने गीतमा शब्द, संगीत तथा एरेन्ज सञ्जीवकै छ ।

सबै कुरा मायाको चुपचाप सहिदिएँ

म जितेर पनि तिम्रो लागि चुपचाप हारिदिएँ

विवेक विकको निर्देशनमा यो गीतको अनप्लग्ड भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा शिव परियार, सञ्जीव बराइली र भुवन गन्धर्व फिचर्ड छन् । भिडियोलाई विवेकले नै खिचेका हुन् भने सम्पादनमा उनले रविन विकसँग सहकार्य गरेका छन् ।

बेहोस यो धड्कन मदहोस यो मन

भौतारेर हिंडिरह्यो बेहोसी बेहोसीमा

आँसु खसिरह्यो मन रोइरह्यो

बुझ्ने कोही भएन

गायक शिव परियारले धेरैपछि आफूले भनेजस्तो शब्द र संगीतमा गीत गाउन पाएको बताए । ‘मैले मेरो खालको गीत लामो समयदेखि खोजिरहेको थिएँ । भनेजस्तो गहकिला शब्द र मेलोडियस कम्पोजको यो गीत पाउँदा एकदम खुसी छु,’ उनले अनलाइनखबरसँग भने, ‘आशा छ मलाई मेरै रुपमा लामो समयदेखि सुन्न प्रतीक्षा गरिरहनुभएका श्रोताले रुचाइदिनुहुनेछ ।’

शिवको आवाजमा मेल भर्सनको रुपमा सार्वजनिक गरिएको गीतको फिमेल भर्सनमा माउन्टेन सिस्टर्सको रुपमा परिचित सिम्रन गुरुङ र बबिता थापा मगरको स्वर समावेश छ ।

गीत ‘सञ्जीव बराइली’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?