+
+

२० मध्ये १९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १५:४६

७ माघ, काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा  (एनपीएल) बढेको छ । एउटा बैंक एभरेस्टले मात्रै निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।समग्रमा एक वर्षमा बैंकहरुको निष्क्रिय कर्जा ३२ प्रतिशतले बढेको छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ४.४८ प्रतिशत छ ।

गत वर्षको पुसमा औसत निष्क्रिय कर्जा ३.३९ प्रतिशत थियो । एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै बढेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश एक वर्षमै १.१९ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकमा कुमारीको निष्क्रिय कर्जा सबैभन्दा धेरै ६.९६ प्रतिशत छ । कर्जा असुली नियमित हुन नसक्दा बैंकहरुको निष्क्रिय कर्जा बढेको हो ।

कुल कर्जामा बैंकहरूको निष्क्रिय कर्जा स्थिति

बैंक एनपीएल %, अहिले एनपीएल %, पहिले
नबिल ४.९३ ३.८
ग्लोबल आईएमई ४.८६ ४.६८
एनआईएमबी ५.८६ ४.७५
एनएमबी ३.९६ २.८६
एभरेस्ट ०.६६ ०.७७
एनआईसी एसिया ४.६१ १.१९
कृषि विकास ४.९ ३.०२
प्राइम ४.९६ ४.०७
स्टान्डर्ड चार्टर्ड १.७१ १.६
नेपाल एसबीआई ३.५५ २.२९
सिटिजन्स ४.८५ ४.०७
सानिमा ३.२२ १.७२
माछापुच्छ्रे ४.५४ २.६२
कुमारी ६.९६ ४.९७
नेपाल ४.९९ ४.५
सिद्धार्थ ४.५ २.५६
लक्ष्मी सनराइज ५.६७ ४.६७
हिमालयन ४.९८ ४.९५
प्रभु ५.०६ ४.९
राष्ट्रिय वाणिज्य ४.९६ ३.९५

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?