+

खो खो विश्वकप उपविजेता नेपाली टोलीको भव्य स्वागत

२०८१ माघ  ७ गते १८:०५ २०८१ माघ ७ गते १८:०५
खो खो विश्वकप उपविजेता नेपाली टोलीको भव्य स्वागत

७ माघ, काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोलीको भव्य स्वागत गरिएको छ । खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

खो खो विश्वकप फाईनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित टोलीको भव्य स्वागत गरियो ।

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पुरूष टिमका कप्तान हेमराजले भने, ‘हामी विश्कप खेल्न जाँदा नै पदक जित्छाैं भन्ने लक्ष्यका साथ गएका थियाैं र दोस्रो भएर आउँदा निकै खुसी छाैं । धेरै गर्व पनि लागेको छ, भविष्यमा अझै राम्रो गर्नेछौं।’

त्यसैगरी महिला टिमकी कप्तान सरस्वतीले लक्ष्य अनुसार सफल भएको र खुशी लागेको बताइन् । नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले खो खो विश्वकपमा नेपालले ऐतपहासिक उपलब्धी हासिल गरेको समग्र राष्ट्रले नै गर्व गर्ने क्षण बनेको बताए ।

पुरूषतर्फ नेपाल भारतसँग ५४-३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८-४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो ।

खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले खो खो खेलको सबैतिर चर्चा भइरहेको छ ।

खो खो विश्वकपमा नेपाली टिम
नेपाल पुरूष खो खो टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा

नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले

प्रशिक्षक, अफिसयल र निर्णायकहरु
पुरूष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
पुरूष टिम सहायक प्रशिक्षक : कयामुद्दिन मन्सुर
पुरूष टिम म्यानेजर : छत्र बहादुर शाही
महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण वैद्य
महिला टिम सहायक प्रशिक्षक : उषा कवर मगर
महिला टिम म्यानेजर : कृष्ण पनेरु

शंकर महर्जन : जुरी
सुशिलमान व्यन्जनकार : चिफ दि मिसन
कपल देभ यादव : अफिसियल
दिलिप कुमार महर्जन : निर्णायक
देव बहादुर महर्जन : निर्णायक
राम कुमार चौधरी : निर्णायक
धिरेन्द्र कुमार यादव : निर्णायक

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय