+
+

९ माघदेखि ‘एक्सचेन्ज फेस्ट’ हुँदै, पुराना गाडीसँग बीवाईडीको न्यू ईभी साट्न सकिने  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १७:०२

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स ड्रंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।

९ माघदेखि १३ माघसम्म सञ्चालन हुने एक्सचेन्ज फेस्टमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् ।

यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणगढमा अयोजना हुनेछ ।

एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?