+
+

दक्षिण एसियाली महिला कलाकारको काठमाडौंमा बृहत कला प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १७:०७

काठमाडौं । दक्षिण एसियाका महिला कलाकारहरुको काठमाडौंमा बृहत कला प्रदर्शनी हुने भएको छ । तारागाउँ सांस्कृतिक केन्द्रको आयोजना र सर्राफ फाउन्डेसनको सहकार्यमा जनवरी २५ र २६ मा बौद्धस्थित तारागाउँ नेक्स्टमा प्रदर्शनी हुन लागेको हो ।

डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३, श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना गरी १० महिला कलाकारले दक्षिण एसियाको पितृसत्तात्मक संरचना, लैंगिक राजनीति र नारीवादका विविध पक्ष कलामार्फत उजागर गर्ने जनाइएको छ ।

प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका महिलाको संघर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउने उद्देश्य रहेको तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता सर्राफले बताइन् । उनका अनुसार नेपालबाट अश्मिना रञ्जित, उमा विष्ट र विधाता केसी, भारतबाट अनिता दुबे, मिथु सेन, सेवा छाच्छी र पुष्पमाला एन, श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादैंशकी तायबा बेगम लिपिका सिर्जना कला प्रदर्शनीमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?