
काठमाडौं । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६० रिफ्रेस ४ भी एफएमडी र अपाचे आरटीआर १६० २ भी रिफ्रेस बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।
अफर अन्तर्गत कम्पनीले बाइक पारखीलाई ‘अनस्टपेबल फ्रिडम’ को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4