+
+

पोखरा महानगरका मेयर, उपमेयरको कार्यकक्षमा कांग्रेसले लगायो ताला

एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ माघ ७ गते २१:२९

७ माघ, पोखरा । नेपाली कांग्रेसले कास्कीको पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको विरोधमा कांग्रेसले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा सोमबार तालाबन्दी गरेको हो ।

करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो ।

एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।

करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?