
७ माघ, काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ४.६ प्रतिशत घट्दा राष्ट्रियस्तरका विकास बैंकको भने करिब १५ प्रतिशत बढेको छ ।
राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ थियो । दुई विकास बैंक साइन रेसुङ्गा र लुम्बिनीको नाफा घटेको छ भने बाँकी ६ को बढेको छ ।
६ महिनामा गरिमाले सबैभन्दा धेरै ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वृद्धिदरका आधारमा भने ज्योति विकास बैंक अगाडि छ । सो बैंकको नाफा समीक्षा अवधिमा १४७ प्रतिशतले बढेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको नाफा सबैभन्दा धेरै ३० प्रतिशत घटेको छ ।
प्रतिसेयर आम्दानीका आधारमा पनि गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । गरिमाको वार्षिक प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ छ ।
कामना सेवाको १८ रुपैयाँ ३७ पैसा, मुक्तिनाथको १४ रुपैयाँ २८ पैसा, महालक्ष्मीको १३ रुपैयाँ ७८ पैसा, साइन रेसुङ्गाको १३ रुपैयाँ ५७ पैसा, सांग्रिलाको ११ रुपैयाँ ४६ पैसा, ज्योतिको ११ रुपैयाँ ३८ पैसा र लुम्बिनीको ८ रुपैयाँ १५ पैसा छ ।
राष्ट्रियस्तरका विकास बैंकको नाफा
बैंक | नाफा, पुस ०८१ | नाफा, पुस ०८० | वृद्धिदर |
गरिमा | ५४ करोड ९२ लाख | ५१ करोड २५ लाख | ७ |
मुक्तिनाथ | ५० करोड ३१ लाख | ४२ करोड | १९ |
साइन रेसुङ्गा | ३३ करोड ८ लाख | ३७ करोड १२ लाख | –१० |
कामना सेवा | ३२ करोड २४ लाख | २५ करोड ८९ लाख | २४ |
महालक्ष्मी | २८ करोड ७४ लाख | २७ करोड ८० लाख | ३ |
ज्योति | २५ करोड १ लाख | १० करोड १० लाख | १४७ |
सांग्रिला | १९ करोड ६५ लाख | १० करोड २ लाख | ९६ |
लुम्बिनी | १४ करोड ७६ लाख | २१ करोड २२ लाख | –३० |
प्रतिक्रिया 4