+
+

डाक्टर विक्रान्त मेहताको ‘माया गर्ने मै हो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १५:१९

काठमाडौँ। डाक्टर विक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ ।

एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ ।

भिडियोमा मोडलद्धय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन्। भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् ।

निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। रिदम कँडेलको ऐरेन्ज , नरेश बिबिसीको मिक्सिगं मास्टरिगं तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो ।

सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो । जसको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?