+
+

तीन किलो सुन तस्करीमा १९ करोड बिगो दाबी गर्दै मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १८:२०

७ माघ, काठमाडौं। राजस्व अनुसन्धान विभागले ३ किलो सुन तस्करीको घटनामा १९ करोड बिगो र त्यसको शत प्रतिशत जरिवानासहितको मागदाबीसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ।

सुनको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको कसूरमा विभागले अनुसन्धान गरी पाँच प्रतिवादीहरु उपर बिगो, जरिवाना र क्रैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

ना ६ ख ३५९७ नम्बरको मालबाहक गाडीमा फल्स बटन बनाई चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रुपमा काठमाडौंतर्फ लैजाँदै गर्दा सुन लुटिएको घटनासँग यो मुद्दा जोडिएको छ । त्यसरी सुन ल्याउँदै गर्दा सुन लुटिएपछि तस्करको समूहले ट्रक चालकलाई अपहरण गरेका थिए ।

चालक छुटेपछि उनले सो घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले रामकृष्ण वाइवा, बुद्धिबहादुर तमाङ्ग, सुनिल तामाङ्ग, निमा डिण्डुप तामाङ्ग र कमल घलेलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझएको थियो ।

सोही घटनाको अनुसन्धान नगरी प्रतिवादीहरूमाथि जनही ३ करोड असी लाख ९१ हजार रुपैयाँका दरले बिगो कायम गरी विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?