+
+

नेपालमा ‘दिपल ई०७’ सार्वजनिक गर्ने एमएडब्लू वृद्धिको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १८:४८

काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा कम्पनीको छ ।

चांगानको एक सय ६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्‍याउने अपेक्षा गरिएको दिपल ई०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइन त छँदै छ अब अफरोड क्षमतालाई पनि सम्बोधन गरेको कम्पनीको भनाइ छ । ई०७ एउटा एसयूभी मात्र होइन ‘लाइफस्टाइल स्टेटमेन्ट’ हुने छ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ, जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउने छ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’ लाई ध्यानमा राखेर गरिएको छ । तर, ‘पर्फमेन्स अफरोड’ का लागि जाति हुनुका साथै आरामदायी पनि छ । १९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लूएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयूडी’ र ‘थ्रिडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किंक’ जस्ता फिचरहरू रहेको कम्पनीले जनाएको छ ।

अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?