७ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत २५औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म हुने भएको छ ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन हुने उक्त राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मकवानपुरको हेटौंडा सञ्चालन हुने महासंघका प्रवक्ता राजु ताम्राकारले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका हुन्।
प्रतियोगितामा दुवै विधातर्फ नै पूर्वनिर्धारित फर्म्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शीर्ष ३ खेलाडी र नेशनल बी बाट छनोट भएका उत्कृष्ट ९ खेलाडीबीच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ।
जसमा पुरूषतर्फ नेपाल च्याम्पियन, दोस्रो अनि तेस्रो राजन सुवेदी, सुश्रुत दहाल, क्षितिज भण्डारीसहित नेशनल बी वाट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन्।
यसैगरी महिलातर्फ नेशनल वुमन शीर्ष तिन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी सहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जन बीच स्पर्धा हुने भएको छ ।
महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सोराज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ ।
२५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च हुने संघले जनाएको छ ।
बाग्मती खेलकुद बिकास परिषद् तथा स्थानीय तह सँगको सहकार्यमा लागत रकम जम्मा गर्ने बताइएको प्रतिस्पर्धामा विजेता खेलाडीलाई आगामी वर्ष उब्जेकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।
प्रतिक्रिया 4