+

पुलिसमाथि एपीएफको ‘लिग डबल’, सुपरलिगमा शीर्ष स्थान निश्चित

२०८१ माघ  ७ गते २२:४३ २०८१ माघ ७ गते २२:४३
पुलिसमाथि एपीएफको ‘लिग डबल’, सुपरलिगमा शीर्ष स्थान निश्चित

७ माघ, काठमाडौं । एन्फा महिला लिग अन्तर्गत सुपर लिगको शीर्ष स्थानको एपीएफले सोमबार विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको छ ।

यसअघि नै क्वालिफायर वानमा स्थान पक्का गरिसकेको एपीएफले सुपर लिगमा पुलिसमाथि दुई जित निकाल्दै ‘लिग डबल’ गरेको हो । सुपर लिगको दुवै विभागीय भिडन्तमा पुलिसमाथि एपीएफले बाजी मारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा भएको खेलमा एपीएफएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे । रश्मीले १७औं र अनिताले ६४औं मिनेटमा गोल गरे । दुवै गोलमा असिस्ट गरेकी सविता रानमगरको ‘प्लेअर अफ द म्याच’ घोषित भइन् ।

लगातार ७ खेल जित्दै २१ अंक जोडेको एपीएफले शीर्ष स्थान पनि निश्चित गरेको छ । एपीएफसँगै अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीले पनि शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायर वान खेल्ने पक्का भइसकेको छ ।

एपीएफ र आर्मीले सुपर लिगमा एक खेल खेल्ने बाँकी छ । क्वालिफायर वान अघि यी दुई टोली अन्तिम खेलमा भिड्नेछन् । जुन दुवैका लागि तयारी खेल जस्तै हुनेछ ।

सुपर लिगमा पुलिसको भने यो तेस्रो हार हो । सुपर लिगको सबै ८ खेल खेलिसकेको पुलिस ११ अंकसहित तेस्रो स्थानमा छ । पुलिसले बागमती युथ क्लबसँग एलिमिनेटर खेल्ने निश्चित भइसकेको छ ।  यस्तै पुलिस सुपर लिगमा तेस्रो स्थानमा रहने पक्का भएको छ र  ७ खेलबाट बागमती ४ अंकसहित चौथो स्थानमा छ । ७ खेलमै पारजित भएको वालिङ नगरपालिका अंकविहिन हुँदै पूछारमा रहेर प्लेअफ होडबाट बाहिरिसकेको छ ।

अब प्लेअफमा शीर्ष दुई टोलीबीच क्वालिफायर वान हुनेछ र यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै एलिमिनेटरको विजेता र क्वालिफायर वानको पारजित टोलीबीच क्वालिफायर टु हुनेछ र यस खेलको विजेता पनि फाइनल पुग्नेछ ।

अंकतालिका :

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय