८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले वुल्भ्सलाई ३-१ गोलअन्तरले हराएको हो ।
चेल्सीको जितमा तोसिन अबाराबायो, मार्क कुकुरेला र नोनि माडुयकेले एक-एक गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २४औं मिनेटमा तोसिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डोहर्टीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६०औं मिनेटमा कुकुरेलाले गोल गरेपछि चेल्सी फेरि अग्रतामा आयो । ६५औं मिनेटमा माडुयकेले गोल गरेपछि चेल्सीको जित निश्चित भयो ।
जितपछि चेल्सी २२ खेलबाट ४० अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पराजित वुल्भ्स १६ अंकसहित १७औं स्थानमा छ ।
प्रतिक्रिया 4