+
+

वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते ८:४५

८ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ ।

कम्पनीले २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरेको हो । उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर आम्दानी ५६ पैसा छ । ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?