+
+

खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १०:५०

८ माघ, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा छन् । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट एक ग्राम खैरो हेरोइन बरामद गरेको र लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?