+
+

गुल्मीमा एक जना पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते ११:५१

८ माघ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?