+
+

नयाँ स्टक एक्सचेञ्जबारे बार्गेनिङ भइरहेको छ भन्ने सुनिन्छ : सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १२:४५
फाइल तस्वीर ।

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जबारे धेरै ठूला खेल र बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् ।

सांसद केसीले मंगलबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले स्टक एकसच्ञ्ज नयाँ दिनुपर्ने कारण पनि सोध्दै यसबारेमा समितिले जवाफ लिनुपर्ने सुझावसमेत दिए ।

‘स्टक एक्सचेञ्ज नयाँ दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, उनले भने, ‘अर्को बन्ने के कारणले हो ? एउटाले किन धान्न सकेन ? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?