+

पीएम कप महिला क्रिकेट : दोस्रो जितसहित आर्मी सुपर फोरमा

२०८१ माघ  ८ गते १३:१६ २०८१ माघ ८ गते १३:१६
पीएम कप महिला क्रिकेट : दोस्रो जितसहित आर्मी सुपर फोरमा

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । मंगलबारको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै सुपर फोरमा स्थान पक्का गरेको छ ।

खराब मौसमका कारण ढिला सुरू भई ७ ओभरमा छोट्याइएको खेलमा कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ४ बल बाँकी छँदा पूरा गर्‍यो । आर्मीका लागि ओपनर सम्झना खड्काले अविजित ३२ रन बनाइन् ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन बनाएको थियो । कोशीका लागि स्मृति कटुवालले सर्वाधिक १४ रन बनाइन् । आर्मीका लागि मनिषा चौधरीले ३ तथा सुस्मिता भुसालले २ विकेट लिइन् ।

पीएम कपमै पहिलोपटक सहभागिता जनाएको आर्मीले आइतबार भएको पहिलो खेलमा मधेशलाई २५ रनमा अलआउट गरेर प्रतियोगितामा शानदार सुरूवात गरेको थियो । दोस्रो खेलमा भने आर्मी बागमती प्रदेशसँग १४ रनले पराजित भएको थियो ।

समूह बी मा आर्मी ३ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट समान अंक भएको कोशी नेट रनरेटका आधारमा दोस्रोमा छ । अब बागमती र मधेश प्रदेशबीचको खेलपछि सुपर फोरमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

बागमतीले फराकिलो जित निकाल्दै कोशीलाई नेट रनरेटमा उछिनेमा वा मधेश विजयी भएमा कोशी बाहिरिनेछ र बागमती सुपर फोरमा पुग्नेछ ।

पीएम कप महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय