+
+

झापाबाट चार युवायुवती लागु औषधसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १३:१२

८ माघ, काठमाडौं । झापाबाट चार युवायुवतीलाई प्रहरीले अवैध लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवा र दुई युवती छन् ।

सोमबार साँझ सवा ६ बजेतिर भारतबाट प्रदेश १–०१–१६ प ९००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका बेला दुई युवालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यतिबेला झापाकै अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरी र सोही नगरपालिका–८ का २५ वर्षीय सुमन राजवंशी पक्राउ परेका थिए । गिरीले मोटरसाइकल चलाएका थिए भने रावंशी पछाडि बसेका थिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । उनीहरुबाट १० ग्राम १५ मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

त्यसैगरी भारतबाटै नेपालतर्फ आउँदै गरेका दुई युवती लागु औषधसहित पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ कि १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षकै इन्दिरा लिम्बु पक्राउ परेका छन् । उनीहरूबाट १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?