
काठमाडौं । पपस्टार टेलर स्विफ्टका प्रशंसकलाई नयाँ खबर छ । भारतीय सञ्चारमाध्यम न्युज–१८ ले पपस्टार स्विफ्टले भारतमा हुने एक निजी कार्यक्रममा चाँडै प्रस्तुति दिन लागेको समाचार लेखेको छ । यो खबरलाई अन्य बलिउड मिडियाले पनि पछ्याएका छन् ।
विश्वचर्चित गायिका स्विफ्टलाई भारतीय धनाढ्य गौतम अदानीका छोरा जित अदानीको विवाह समारोहमा प्रस्तुति दिन प्रस्ताव राखिएको जनाइएको छ । यदि यसो भयो भने भारतमा स्विफ्टको पहिलो कार्यक्रम हुनेछ ।
‘हो, यो सत्य हो । जित अदानी र दिवा शाहको प्रि–वेडिङ फेस्टिभलमध्ये एकमा प्रदर्शन गर्नेबारे अदानी र टेलर स्विफ्टको टोलीबीच कुराकानी भइरहेको छ । यद्यपि स्विफ्टले अहिलेसम्म आफ्नोतर्फबाट निर्णय दिएकी छैनन् । वार्ता भइरहेको छ । यस्तो देखिन्छ कि भव्य विवाहले भारतमा स्विफ्टको पहिलो प्रदर्शनलाई निश्चित गर्नेछ,’ खबरमा उल्लेख छ ।
जित अदानीले मार्च २०२३ मा दिवा शाहसँग इन्गेजमेन्ट गरेका थिए । उनीहरुको इन्गेजमेन्ट गुजरातको अहमदाबादमा एउटा ‘लो–प्रोफाइल’ समारोहमा भएको थियो । यी दुईले यसै वर्षको अन्त्यमा विवाह गर्ने सम्भावना छ ।
गायिका स्विफ्ट क्रूल समर, ब्ल्याङ्क स्पेस, लभ स्टोरी, लभर र शेक इट अफ जस्ता गीतका लागि परिचित छिन् । भारतमा आफ्नो ठूलो फ्यान फलोइङको संख्या भएपनि उनले अहिलेसम्म प्रस्तुति दिएकी छैनन् । स्विफ्टको भर्खरै सम्पन्न इरास टुरको सूचीमा भारत समावेश थिएन । स्विफ्टको भ्रमणमा एसियाबाट सिंगापुर र जापान मात्र समावेश थिए ।
प्रतिक्रिया 4