+
+

सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्रीलाई लेखा समितिले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १४:३२
फाइल तस्वीर

८ माघ, काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

सभापति पोखरेलका अनुसार मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि त्यसको मार उपभाेक्ताले खेपिरहेका छन् । निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन् । उद्योग मन्त्रालयले विवाद समाधानको पहल गरे पनि त्यो अझै बल्झँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?