+
+

लाङटाङको पदयात्रामा रमाउँदै के-पप स्टार क्वान (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १४:४९

काठमाडौं । चर्चित दक्षिण कोरियाली अभिनेत्री तथा गायिका क्वान वून-बाई गतसातासम्म नेपालमा थिइन् । जनवरी २ देखि ७ सम्म उनले आफ्ना केही साथीहरूसँग प्रसिद्ध लाङटाङ क्षेत्रमा पदयात्रा गरेकी छन् ।

उनले ४,९८५ मिटर उचाईको लाङटाङ पदमार्गमा पर्ने चेरकोरीमा पदयात्रा गरेकी हुन् । कोरियाली ट्रेकिङ टीमको नेतृत्व गर्दै क्वानसहितको टोली पदयात्रामा रमाएको देख्न सकिन्छ । उनले पदयात्रका रोमान्चक तस्वीर र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

आफूले ४ दिनमा पहिलोपटक हिमालयको पदयात्रा पुरा गरेको जनाउँदै उनले खुसी व्यक्त गरेकी छन् । चेरकोरीमा पुग्दा आफूलाई मानसिक शान्ति मिलेको र केही समय आफू संसारको थकानबाट अलग रहेको लेखेकी छिन् । ‘म मेरा भावनालाई शब्दमा व्यक्त गर्न सक्दिन’ पृष्ठभूमिमा हिमालयको भिडियो सेयर गर्दै उनले लेखेकी छन् ।

‘हिमालयमा पदयात्रा गर्नु मेरो जीवनको एक महत्वपूर्ण क्षण हो । मेरो हृदय सँधैभर हिमालयमा रहिरहन्छ’ उनले लेखेकी छिन् । पछिल्लो समय दक्षिण कोरियाली कलाकार लगातार नेपालमा पदयात्रा गर्न आउने गरेका छन् । गत कात्तिको अन्त्यमा कोरियाली सुपरस्टार ली सी-यङले पोखराको मर्दी हिमाल क्षेत्रमा पदयात्रा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?