+

बागमती प्रदेश पीएम कप महिला क्रिकेटको सुपर फोरमा, कोशी बाहिरियो

२०८१ माघ  ८ गते १५:३७ २०८१ माघ ८ गते १५:३७
बागमती प्रदेश पीएम कप महिला क्रिकेटको सुपर फोरमा, कोशी बाहिरियो

८ माघ, काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ को सुपर फोरमा प्रवेश गरेको छ । मंगलबार समूह बी को खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले कोशी प्रदेशलाई नेट रनरेटमा उछिन्दै सुपर फोरमा स्थान पक्का गरेको हो ।

मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६.४ ओभरमा पूरा गर्‍यो । यशु पाण्डेले १९ रन बनाइन् भने कप्तान कञ्चन श्रेष्ठले ९ रन बनाउँदा विपिशा शाही विजयी चौकासहित ८ रनमा अविजित रहिन् ।

बागमतीले ८.२ ओभरभित्र लक्ष्य पूरा गरेमा दोस्रो स्थानको कोशी प्रदेशलाई उछिन्ने समीकरण थियो । सोही अनुरूप बागमतीले खेल जित्यो । मधेशका लागि रोजी कडारीले २ विकेट लिइन् ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको मधेशले १५.५ ओभरमा अलआउट हुँदै ४० रन बनाएको थियो । मधेशका लागि साक्षी यादव र सरस्वती कुमारीले सर्वाधिक ६-६ रन बनाए ।

बागमतीका लागि कञ्‍चन श्रेष्ठले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । त्यस्तै विपिशा शाहीले २ तथा मनिषा उपाध्याय र सोनु खड्काले १-१ विकेट लिए ।

यसै समूहबाट पीएम कपमा पहिलोपटक सहभागिता जनाएको आर्मीले पनि सुपर फोरमा स्थान बनाएको छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको कोशी प्रदेश भने बाहिरिएको छ ।

पीएम कप महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय