+
+

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १६:३९

काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

काठमाडौंको नक्सालमा रहेको वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?