+
+

हर्क साम्पाङको प्रतिक्रिया– केपी ओलीले फेस गर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १८:२३
प्रधानमन्त्री कार्यालयबाट फर्कंदै हर्कराज साम्पाङ

८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । उनले खानेपानीमन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर पत्र बुझाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

तर, उनले प्रधानमन्त्रीसँग भेट्न पाएनन् । प्रधानमन्त्रीसँग भेट्न नपाएका साम्पाङले सामाजिक सञ्जालमा भनेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई ।’

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साम्पा«सँग आज भेटघाटको कार्यक्रम नै तय भएको थिएन ।

खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं आएका थिए । मंगलबार सिंहदरबारमा पनि उनी रित्तो गाग्रोसहित पुगेका थिए । यद्यपि प्रहरीले गाग्रो खोसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?