+
+

सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ

सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १७:५५

८ माघ, जनकपुरधाम । सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार दुवै जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल १ थान र विष्णुको साथबाट फलामको नक फेला परेको हो ।

सोमबार राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका-११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरू बीच एक आपसमा झै–झगडा भएको थियो । त्यहाँ प्रहरी पुग्दा भाग्ने क्रममा नियन्त्रणमा लिएपछि दुवै जनालाई हतियारसहित पक्राउ गरिएको डीएसपी पासवानले जानकारी दिए ।

दुवै जनामाथि इलाका प्रहरी कार्यालय गोलबजारले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?