
काठमाडौं । चक्कु आक्रमणको घटनामा घाइते भएर अस्पतालमा उपचाररत बलिउड अभिनेता सैफ अली खान ५ दिनपछि लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
१५ जनवरीको राति उनीमाथि चक्कु प्रहार भएको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट निस्कँदै गर्दा मंगलबार उनको पहिलो झलक पनि देखिएको छ । उनी सेतो शर्ट, हल्का निलो डेनिम जिन्स र गाढा चश्मा लगाएको हुलियामा देखिएका थिए ।
उनी घर पुगेपछि पैदल हिँड्दै घर भित्र पसे । त्यहाँ उनले मिडियातर्फ हेरेर अभिवादन गरे, मुस्कुराए र घरभित्र पसेका थिए । यस क्रममा उनको वरिपरि ठूलो संख्यामा प्रहरी उपस्थित देखियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि अभिनेता खान आफूमाथि आक्रमण भएको घर (सतगुरु शरण)मा गएका छैनन् । उनी आफ्नो परिवारसँग फच्र्युन हाइट्सको दोस्रो घर पुगेका छन् ।
अहिलेको लागि उनी यहीँ रहनेछन् । प्रहरी अनुसन्धान नहुँदासम्म उनी सतगुरु शरणको अपार्टमेन्टमा नजाने बताइएको छ । सैफलाई मंगलबार साँझ करिब ४ः३० बजे लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
बिहीबार मध्यरातपछि सैफ अली आफैं घाइते अवस्थामा मुम्बईको लीलावती अस्पताल पुगेका थिए, जहाँ डाक्टरहरूले तत्कालै उनको शल्यक्रिया गरेका थिए । उनको मेरुदण्डमा करिब साढे दुई इन्च लामो चक्कु अड्किएको थियो, जसका कारण गहिरो चोट लागेको थियो ।
सैफका डाक्टरहरूले अभिनेता निको भैरहेको जानकारी दिएका छन् । योसँगैसैफलाई करिब १५ दिनसम्म बेड रेस्ट लिनुपर्ने पनि सुझाव दिएका छन् । यसबाहेक उनले एक महिना आराम गर्नुपर्नेछ । यस बाहेक डाक्टरहरुले उनले तौल उठाउन नसक्ने र जिम पनि जान नसक्ने बताएका छन् ।
न्युरोसर्जन डा नितिन डांगेले डिस्चार्ज गर्नुअघि घरमै घरमै हेरचाहको व्यवस्था गर्नुपर्ने बताएका थिए । चिकित्सकले अभिनेतालाई धेरै घुम्न निषेध गरेको बताइएको छ ।
प्रतिक्रिया 4