८ माघ, काठमाडौं । काठमाडौंको सानो गौचरणमा रंगशाला पुन:निर्माणको काम धमाधम भइरहेको छ । काठमाडौं महानगरको सक्रियतामा गत मंसिरमा शिलान्यास भएको पुन:निर्माणको कामअन्तर्गत अहिले विभिन्न संरचना निर्माणको काम भइरहेको छ ।
१८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुने रंशालामा दर्शक क्षमता १५ सय जनाको हुनेछ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ ।
मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ समेत हुने छ ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान भएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।
शिलन्यास भएको केही समयमा महानगरकै अनुगमनका क्रममा कम गुणस्तरको बालुवा प्रयोग भएको पाइएपछि उपमेयर सुनिता डंगोलको निर्देशनमा ढलान कार्य रोकिएको थियो ।
तस्वीरहरू :
प्रतिक्रिया 4